०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

होली पर्वलाई ब्यवस्थित र शान्तिपूर्ण बनाउन बाँकेका सिडियो र एसपी स्थलगत अनुगमनमा

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् ।
स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए ।

उनले हिन्दूहरुको रंगको पर्व होली र इस्लाम धर्मावलम्वीको रमजानको शुक्रवार जुमाको दिन भएकोले यसलाई ब्यवस्थित बनाउन स्थलगत अनुगमनसँगै धार्मिक गूरु र नागरिक समाजका अगुवासँग छलफल गरेको बताए ।
‘नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहरहेको रुपमा चिनिन्छ । दुवै धर्मावलम्वीको पवित्र पर्व एकैसाथ परेकोले केहि सुरक्षा चुनौति छ । धार्मिक एवम् सामाजिक सद्भावको सहरको रुपमा परिचित गराई राख्न सवैको साथ र सहयोग अपरिहार्य छ,’ उनले भने, ‘आफ्नो पर्व मनाउने क्रममा अरुको अस्तित्वलाई पनि ख्याल गरि पर्व मनाउन अपिल गर्दछु ।’

उनले नेपालगन्जमा हुने होली मिलन कार्यक्रम र इस्लाम धर्मावलम्वीको जुमालाई ब्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘सुरक्षाकर्मीको एकल प्रयासले मात्र शान्ति कायम गर्न सम्भव छैन । शान्ति सुब्यवस्थाका लागि सवैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।’

प्रजिअ जोशीले अपरिचित ब्यक्तिलाई रंग र अविर नछ्याप्न र इस्लाम धर्मावलम्वीलाई मस्जिदमा जाउजाउ गर्न कुनै बाधा नपुर्याउन आग्रह गरेका छन् । ‘होली सभ्य रुपमा खेल्न र अपरिचित ब्यक्तिको आउजाउमा बाधा पुग्ने कुनै गतिविधि नगर्न हिन्दू धर्मावलम्वीसँग म अपिल गर्दछु । इस्लाम धर्मावलम्वीहरुले पनि होलीलाई मध्यनजर गरि नमाज पढ्न मस्जिदमा जान र फर्किन मेरो आग्रह छ,’ प्रजिअ जोशीले भने ।

नेपालगन्जका विभिन्न क्षेत्रको अनुगमन गर्न बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, नेपाली सेना राँझाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग नेपालगन्जका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

स्थलगत अनुगमनपछि बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले होली र जुमालाई ख्याल गरि नेपालगन्जमा एक हजार प्रहरी परिचालन गरिने बताए । उनले सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रको परिचान गरि सादा पोशाक र बर्दीका प्रहरी परिचालन गरिने बताए । ‘सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रका चोक र गल्लीमा सादा र बर्दीसहितका प्रहरी परिचालन हुने नै छन् । गाडीबाट मोवाइल गस्ती, स्थलगत गस्ती र ड्रोनबाट समेत निगरानी गरिनेछ,’ एसपी कार्कीले भने, ‘अघिल्ला वर्षमा भएको सुरक्षा ब्यवस्थाको मूल्यांकन गरि यस वर्ष सुरक्षा ब्यवस्थामा थप सजगता अपनाएका छौँ ।’

होली र जुमालाई मध्यनजर गरि तीन सय सशस्त्र प्रहरी परिचालन गरिने सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी खनालले जानकारी दिए । उनले नेपाल नेपालगन्जका विभिन्न चोक र गल्लीमा सशस्त्र प्रहरी परिचालन गरिने बताए । ‘फिल्डमा तीन सय सशस्त्र प्रहरी परिचालन हुने छन् । आवश्यक परेको खण्डमा थप सशस्त्र प्रहरी परिचालन गर्ने योजना छ,’ उनले भने ।
उछृङ्खल गतिविधि गर्ने, कसैको असमति हुँदाहुँदै रंग र अविर दल्नेलाई कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दोर्जे लामालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका ४९ वर्षीय लामा अनामनगरबाट पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्जमा पठाइएको एसपी आचार्यले जानकारी दिए । उनी काठमाडौँ महानगरपालिका वडा […]

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

error: Content is protected !!