०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

शुक्रबार तराई–मधेशका जिल्लाहरुमा होली पर्व मनाइँदै,सार्वजनिक बिदा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

 

बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दोर्जे लामालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका ४९ वर्षीय लामा अनामनगरबाट पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्जमा पठाइएको एसपी आचार्यले जानकारी दिए । उनी काठमाडौँ महानगरपालिका वडा […]

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

error: Content is protected !!