
बाँके । बिहारको सहर मुज्फरपुरमा आज (शनिबार) साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटना हुँदा पाँच नेपालीको ज्यान गएको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।
मृतकहरुमा मन्तार्नी देवी (४५), अर्चना ठाकुर (३०), बालाकृष्ण झा (६०), इन्दु देवी (५५) र चालक रहेका छन्।दुर्घटनामा मनोहर ठाकुर (३०), कामिनी झा (२५), सृष्टि ठाकुर (७) र जगतारण देवी (५०) गम्भीर घाइते रहेको डीएसपी सिंहले जानकारी दिए । बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई पाँच पटक सडकमा पल्टिएको बताइएको छ । दुर्घटनाका बेला स्कारपियोको गति एक सय किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।