२४ फाल्गुण २०८१, शनिबार
08-03-2025 , Sat
×

माओवादी उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १९, २०८१

 

अर्घाखाँची । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाएका छन् । सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यमा नलागेको बताए । श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लागिरहेको आरोप लगाए ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘परिवर्तनका लागि जति आह्वान गरे पनि, सरकार जनताको पक्षमा काम गर्न सकेको छैन। भ्रष्टाचार नियन्त्रणको लागि कुनै वास्तविक प्रयास भएको छैन । सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन । सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको शासनले त्यसतर्फ ध्यान दिइरहेको छैन ।’

समाजवादको आधार तय गर्ने काम जनताको जागरण अभियानबाटै सम्भव भएको उनको भनाई छ । सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सके मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनुषा । महोत्तरीको मनराशिश्वामा आज (शुक्रबार) आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् । ‘अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यस कारण दुईटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी बाँके जिल्ला ट्राफिक बाँके विद्यार्थी र सरोकारवालासहित निकालिएको र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले(कार्डसहित बृहत् र्‍याली निकालिएको थियो । त्यसक्रममा […]

जनकपुर । धनुषा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले मातहत प्रहरी इकाईहरुको निरीक्षण तथा अनुगमन गर्ने क्रममा प्रहरी चौकी कपिलेश्वर, इलाका प्रहरी कार्यालय दुहबी इकाईसहरुको सन्ध्याकालिन निरीक्षण तथा अनुगमन निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिनुभएको छ ।

error: Content is protected !!