
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागका सदस्य थप गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको उक्त विभागमा राजकुमार पाण्डे, ज्ञानबहादुर शाही, देवकीदेवी सिंह, कल्पना श्रेष्ठ, श्यामकृष्ण महर्जन मनोनीत भएका छन् । त्यस्तै, थपिएका अन्य सदस्यमा सरिता बीसी, विजयजंग बस्नेत, प्रेमबहादुर विक, सञ्जीव पुडासैनी र सपुतबहादुर कार्की रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।