१० माघ २०८१, बिहिबार
23-01-2025 , Thu
×

भारतको पश्चिम महाराष्ट्र राज्यमा रेल दुर्घटना ११ जनाको मृत्यु ५ जना घाइते सनाखत हुन बाँकी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १०, २०८१

 

काठमाडौं । भारतको पश्चिम महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घटनास्थल नजिकका स्थानीय सञ्चारमाध्यमका अनुसार रेलमा आगलागी भएको आशङ्कामा केही यात्रुहरूले आपत्कालीन ब्रेक (अलार्म चेन) तानेर रेल रोकेपछि उनीहरू रेलबाट ओर्लिएका थिए । तर, छेउको पटरीमा आएका अर्को रेलले उनीहरूलाई किच्दा दुर्घटना भएको हो ।

नाशिक क्षेत्रका वरिष्ठ रेलवे अधिकारी प्रवीण गेडमका अनुसार “घटनामा ११ जनाको मृत्यु भएको र ५ जना घाइते भएका छन् ।” भारतीय समाचार संस्था एएनआईले यसबारे जानकारी दिएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनास्थलमा एम्बुलेन्स पठाइएको र घाइतेहरूको उपचारको लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भने, “आपत्कालीन उपकरणहरू जस्तै सिसा काट्ने उपकरण, फ्लडलाइट लगायत तयारी अवस्थामा राखिएका छन् ।”

घटनास्थल भारतको आर्थिक राजधानी मुम्बईबाट करिब चार सय किलोमिटर टाढा पर्दछ ।

भारत विश्वकै चौथो ठूलो रेल सञ्जाल भएको देश हो, जसलाई ३० अर्ब डलरको लगानीमा आधुनिक बनाउन पहल भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रेलको कनेक्टिभिटी सुधारका लागि उक्त प्रयास भइरहेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज (बिहीबार) देखि रुपन्देही अदालतमा थुनछेक बहस हुँदैछ । बुधवार रुपन्देही जिल्ला अदालतमा आफै हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा लगाएको थियो । लामिछानेसँग बयान लिएका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा […]

  काठमाडौं । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका प्रहरीहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

  काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार उनीहरुलाई बढुवा गर्ने निर्णय गरेका हुन्। बढुवाको निर्णय भए लगतै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। तर उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए। एसएसपीमा बढुवा हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, […]

error: Content is protected !!