०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

नेपाली मिडिया जगत छापा र पत्रिकाहरू संकटको अवस्थामा डिजिटल मिडिया व्यापक विस्तार हुँदै,

Logo
पाण्डव शर्मा प्रकाशित आइतबार, माघ ०६, २०८१

 

दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ ।

डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया जगतकै विरुद्धमा प्रहार गर्न उद्देलित भएकाे छ ।

मिडिया क्षेत्रमा परेकाे संकटले तत्कालका लागि सञ्चारकर्मीहरूलाई अफ्ठेराे परेकाे देखिए पनि यसकाे दूरगामी असर निकै घातक हुन्छ । मिडिया क्षेत्र कमजोर हुनु भनेकाे लाेकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र समग्रमा नागरिककाे सुसुचित हुन पाउने अधिकार कुण्ठित हुनु हो ।

मिडिया क्षेत्रको प्रवर्द्धनका लागि राज्य, सञ्चारकर्मीहरू, नागरिक समाज र समग्र समाजले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतभित्रै लागूऔषधको कारोबार हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ। अभद्र व्यवहारको अभियोगमा २६ दिन हिरासतमा बसेका पत्रकार आशिष मल्ल ठकुरीले सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी हिरासतमा हुने अमानवीय व्यवहार र अवैध गतिविधिका बारेमा महत्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन्। मल्लका अनुसार हिरासतको ट्वाइलेटभित्रै दुई व्यक्तिहरू खुलेआम लागू औषध सेवन […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुद्घाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सभाहलमा मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको […]

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटायो ३ गतेदेखि लागू हुने काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । नेपाल आयल निगमले बैशाख ३ गरेकोमा गते दिउँसो १ बजेदेखि लागू हुने गरि सूचना सार्वजनिक गरेको छ ।

error: Content is protected !!