काठमाडौं । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो ।
सोही अनुसार लामिछाने आज बिहान काठमाण्डु जिल्ला अदालत उपस्थित भएका हुन् । लामिछानेविरुद्ध काठमाण्डुको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका छन् । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।