२० पुष २०८१, शनिबार
04-01-2025 , Sat
×

एआईजी टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी 

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष १७, २०८१

 

काठमाडौं । मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकारीले बताए ।

उनी प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख थिए । यसअघि उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्य भने सेवानिवृत भएकी छन् ।

काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ। शुक्रबार प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन्। ‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा […]

  दाङ । तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए । ‘यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो […]

  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गर्नुपर्ने भएको हो । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि […]

error: Content is protected !!