०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

बुटवलबाट पाल्पा जाँदै गरेको जीप केराबारीमा दुर्घटना २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

सिमा गुरुङ बुटवल मङ्सिर १९ सिदार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । घटनास्थलमा २ जनाको शव भेटिएको छ । जिपमा अरू पनि सवार भए नभएको बारे खुलेको छैन ।
उक्त जीप कतिबेला भीरबाट खसेको भन्ने जानकारी नभएको दोभान प्रहरी चौकीका प्रहरी निरिक्षक बाल बहादुर घर्ति मगरले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ […]

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

  धनगढी । हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्। डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ। पछिल्लो समय […]

error: Content is protected !!