काठमाडौं । नेपाल प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज (सोमबार) रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ ।
यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाश भएका थिए ।
एआईजी बोहरा अनिवार्य अवकाश
बोहरा ४ पुसमात्रै एआईजीमा बढुवा भएका थिए । बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।