१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, पुष ०९, २०८१

 

काठमाडौं । बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला र बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो। यो हिउँदमा दोस्रोपटक हिमपात भएको हो।

बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन्। यस्तै डोटीको गैरा, खप्तड क्षेत्र, डडेल्धुराको हगुल्टे र साहुखर्कमा पनि हिमपात भएको छ।

हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यहाँ घरहरुमा क्षति पुगेको थियो ।

बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बाँकेको समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीले समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]

  काठमाडौं । श्रीलंका सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ । सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको […]

error: Content is protected !!