बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ।
प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो ।
उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।