दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मङ्सिर २७ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुर सरुवा भई आउनु भएका प्रहरी नायब महानिरीक्षक डिआईजी दानबहादुर कार्कीको भब्य स्वागत एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतको बिदाई गरिएको छ ।