०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

तराईको जिल्लामा लगातार चिसो बढेको बढी चारैतिर बाक्लो हुस्सु,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर २५, २०८१

 

जनकपुर । मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् ।

‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन’, बर्दिबास–१३ का ठकाइ महतो भन्छन्, ‘पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।’ चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।

महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मंसिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउँछन् । मंसिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो ।

भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङग्रयाउने र बिरामी हुने क्रम बढेको बताए। जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप ठाकुर बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सात सय २० जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । कार्यालयले आइतबार एक सूचना जारी गदै नेपाल प्रहरी हवलदारको सरुवा गरेको जानकारी दिएको हो ।   साथै, आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा भएका हवलदारहरलाई उचित रूपले तलब भत्तासमेत पाउने  […]

  काठमाडौं । हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई थुनामा राखिएको छ। प्रहरीले आफूविरुद्ध अनुसन्धान थालेसँगै भागेकी उनी आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्। त्यसपछि आज (आइतबार) उनको बयान लिइएकोमा थुनामा पठाइएको हो। जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोका अनुसार मुद्दा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेको थियो। तर आजलाई […]

सोमबार तपाईको राशिफल दाङ । तुल्सीपुर मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला । बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक […]

error: Content is protected !!