३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

‘टुना मुना’बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

मंसिर १३ , काठमाडौँ  ।  ‘टुना मुना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिलो समयमा पाश्र्व गायन र आधुनिक गीतमा निकै प्रभाव जमाएकी गायिका बिन्दु परियार, गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतमा दिपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको छ ।

सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । यस म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने अर्जुन तिवारलिे छायांकन गरेका हुन् ।

आशिष अबिरलको को म्युजिक एरेन्जमेन्टमा तयार गीतको भिडियोमा निकै लोकप्रिय अनुहारहरु दुर्गेश थापा र बर्षा शिवाकोटीको नृत्य तथा अभिनय रहेको छ ।

गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको हुँदा सांगीतिक बजारमा यो गीतको माग निकै बढ्न सक्ने अनुमान लाउन सकिन्छ । रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।

https://youtu.be/kah6kfdRiyQ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट १६ जनाको हालसम्म मृत्यु मोरङ । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित […]

error: Content is protected !!