०८ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले टु्युवेल प्रयोग गर्ने

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

मंसिर १३ ,बाँके ।  नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् ।

उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगञ्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वटा छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । नेपालगञ्जमा अहिले दैनिक एक हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।

संस्थानले चार वटा ट्यवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
शहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगञ्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगञ्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।

उनका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी सङ्कलन गर्ने र पाइपबाट नेपालगञ्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका प्रमुख भट्टले जानकारी दिए । पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेबीसँग दुई करोड ५७ लाखमा पाइपलाइन बिछ्याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग ५७ लाख २४ हजारमा सम्झौता भएको छ । पाइपलाइन बिछ्याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले समृद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ ।
संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा वितरण गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मेष :-आजको दिन यात्रा लाभदायक रहन सक्छ। पारिवारिक सुखद क्षणहरू बित्नेछन्। नयाँ अवसर प्राप्त हुने योग छ।चिताएका कार्यहरु पूर्ण हुदाँ मन प्रसन्न रहनेछ। वृष :-आज अनावश्यक खर्च बढ्न सक्छ। निर्णयात्मक कुरामा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। स्वास्थ्यप्रति ध्यान पुर्‍याउनुहोला।पारिवारीक साथ भने मिल्नेछ। मिथुन राशि :-आर्थिक लाभको सम्भावना छ। सामाजिक कार्यमा सहभागिताले सम्मान बढ्नेछ। आत्मबल […]

बाँके । सोयाबिन तेल निर्यात दुई महिनामै साढे ५ गुणाले बढेपछि चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा निर्यात वृद्धि उत्साहजनक देखिएको छ । यो आव पहिलो चार महिना (कात्तिक मसान्त) सम्म नेपालबाट ३ अर्ब ४१ करोडको सोयाबिन तेल निर्यात भएको थियो । तर, मंसिर र पुसमा मात्रै निर्यात ५.५५ गुणाले बढेर १८ अर्ब ९१ […]

  काठमाडौं । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको […]

error: Content is protected !!