०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

रोल्पा जिल्ला ट्राफिकका प्रमुख सई बुढाथोकी २५ हजार घुस रकमसहित अख्तियारद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर १८, २०८१

 

रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो।

उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

सेवाग्राहीबाट लिइसकेको २५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए।

सवारीसाधन आवत-जावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको […]

  डोटी । जिल्लाको सायल गाउँपालिका-१ छपालीकी ६० वर्षीया सरू देवी थापा आगोले जलेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार सोमवार दिउँसो १२ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का ओडेको सलमा परी आगलागी हुँदा थापा घाइते भएकी हुन् । उनको कम्मर मुनिको भाग जलेको छ । […]

  काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ […]

error: Content is protected !!