२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

श्रीमानले गरे आत्महत्याः शव दाबी गर्दै सात श्रीमतीबीच झगडा, पुलिससमेत चकित

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

असोज १५, काठमाडौं । यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो ।

आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध:

आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि अधिकार जताउनका लागि सुरुमा त पाँच महिला अगाडि भए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान्’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे ।

समस्या सुल्झाउनका लागि पुलिसले प्रतिक्षा गर्नेः

पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए ।

आर्थिक संकटसँग जुधिरहेका थिए पवनः

पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ ।

 मृतकको अकाउन्टमा जिरो ब्यालेन्सः

सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं । जो महिलाले पवनलाई अस्पताल पुर्‍याएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन् । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’

पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!