११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

भबिष्यमा हुने प्रहरी महानिरीक्षकहरु कस्तो चरित्रको हुनु पर्छ? अवकाश एसपी राजेन्द्र रेग्मी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

 

काठमाडौं । बिषय प्रबेश – आफु मातहतको कर्मचारीलाई मनबोलयुक्त बनाउदै सांगठनिक उदेश्य हासिल गर्न परिचालित गर्ने सिप नेतृत्व हो। अन्य भन्दा प्रहरी नेतृत्वमा अलि धेरै ability , accountablity र assurity हुनुपर्छ। आफैमा पनि राष्ट्र र राज्य निर्माणमा संबेदनशील शान्ति सुरक्षा तथा अमन चयनको अभिभारा बोकेको पदमा रहेको व्यक्ति कस्तो हुनु पर्ला ? निम्नानुसार बुदाहरु बाट प्रष्ट पर्ने प्रयत्न गरेको छु

१)सम्पूर्ण संगठनका सदस्यहरुलाई प्रहरी महानिरीक्षकले म संगठनको जेष्ठ अभिभावक हुँ भन्ने आभाश र बिश्वास दिलाउन सक्नु पर्दछ।
२) बिगतमा निश्चित समुहबाट संचालित प्रहरी महानिरीक्षक सामुहिक रुपमा चल्न सक्ने अभ्यासको थालनी गर्नुपर्छ ।
३) सरकार वा माथिल्लो निकायबाट आउने कतिपय आदेशहरु कानुन सम्मत नहुन सक्छ ।त्यसलाई कुटनैतिक तबरबाट अस्वीकार गर्नै क्षमताको बिकाश गर्नुपर्छ त्यसको लागि बिषय बस्तुमा केन्द्रित रहेर तर्क संगत ढंगले आफूभन्दा माथिल्लो तहसम्म कुराकानी राख्न सक्नुपर्छ |
person may come and go but the organization never die भन्ने मुलमन्त्रमा रहेर जिम्मेवारी ढंगबाट आफूलाई प्रस्तुत गर्नुपर्छ |
पद र शक्ति भनेका अस्थायी र क्षणिक हुन तर संस्था चिरकाल पर्यन्त चल्ने हो भन्ने मान्यता राख्दै संस्थालाई जिबन्त राख्न ठिकलाई ठिक बेठीकलाई बेठिक भन्दै आफुभन्दा माथिल्लो तहसगँ तर्कपुर्ण ,विधि सम्मत ,पद्धति प्रक्रियामा रहेर न्याय सम्मत ढंगले कुरा राख्न सक्नु पर्छ |
४) प्रधानमन्त्री र गृहमन्त्री सँग सिधै tussle गर्न सक्ने खालको ब्यक्तित्वको बिकाश गर्नुपर्छ
५) आबेग पुर्ण निर्णय नलिने , अधिकार प्रत्यायोजनको हिसाबले बिभागका प्रहरी अतिरिक्त महानिरीक्षकलाई शक्तिशाली बनाउने र प्रबक्तालाई सम्पूर्ण घटनाको बारेमा जानकारी दिन लगाउने
६) प्रहरी महानिरीक्षक भनेको सम्पूर्ण सुरक्षा निकायहरुको key point को रुपमा रहन सक्ने हुनुपर्छ ।प्रहरी बिना समाजको परिकल्पना पनि हुन सक्दैन परापुर्ब कालदेखि चल्दै आएको कथनलााई मुर्तरुप दिन जिम्मेवारी ढंगबाट आस्था र बिश्वासलाई अभिबृद्दि गर्न काबिल हुनुपर्छ
७) सङ्गठनलाई बैज्ञानिक ढंगबाट ब्यबस्थापन गर्दै समयको बहाब
संगै प्रहरीलाई परिवर्तन गर्नै दिशामा अग्रगामी सोच राख्नुका साथै गतिशील समाजको परिवर्तनलाई तल्लो तहबाट बुझ्न सक्नुपर्छ ।
८) समाज ,राष्ट्र ,राजनैतिक दलहरु,सरकार र आममानिसहरुको नजरमा सेतुको रुपमा काम गर्न सक्नुपर्छ |
९)जटिल भन्दा जटिल अबस्थामा पनि क्रियाशीलता र सक्रियता देखाई मुलुकले सोचे भन्दा बढि सुरक्षाको अनुभुती गराउनुपरयो।
१०) सम्पूर्ण प्रहरी कर्मचारीहरुको wave length मिलाउन सक्नु परयो।
११) ठूलो पद र संगठन प्रमुखको प्रतिष्ठा भन्दा पनि जनहित प्रतिको उत्तरदायित्वलाई प्राथमिकताको सूचिमा राख्नुपर्छ ।
१२) सुचनाहरु तहगत रुपमा विश्लेषण , कतिपय सुचनाहरु आफैले प्रशोधन र स्मरणमा भन्डारण गर्नै क्षमता राख्नु पर्छ।
१३) संगठन प्रमुख आबश्यक परेको बेला राष्टको लागि मुक्ति दाता , र भगवानको प्रतिमुर्ति हो भन्ने आम जनतालाई बिश्वास दिलाउन सक्नुपर्छ ।
१४) संगठन प्रमुख नागरिक मैत्री , बिकाश प्रेमी ,सुरक्षामुखी ,राजस्वमुखी , कार्यमुखि र समाजमुखि र सम्रग रुपमा देशभक्तिको भाबनाले ओतप्रोत भएको एक असल नागरिक हो भनेर आम जनतामा बिश्बासको संचार प्रवाह होश।
१५) कतिपय अबस्थामा दुरदराजमा रहेका प्रहरी इकाईका प्रहरी कर्मचारीले समेत प्रहरी नेतृत्वलाई चिन्दैन ।चिन्न सक्ने बाताबरणको लागि प्रहरी महानिरीक्षकको महिनाको एक पटक एक प्रदेशको भ्रमणको ब्यबस्था मिलाई त्यसै अबसरमा आम जनतासँग नेपाल प्रहरी program भन्दै तालिकामा समावेश गर्नु जरुरी छ।
१६) परिबर्तित राजनैतिक अबस्थालाई ध्यानमा राख्दै सुरक्षाका ठोस निति र कार्यक्रम ल्याउन सरकारलाई आबश्यक सुझाब दिने क्षमता राख्नु पर्दछ।
१७) लगनशीलता ,तार्किकता,निडरता,,स्पष्टबादिता,अध्ययनशिलता ,कर्तब्यनिष्ठ ,स्वच्छता,पारदर्शिता ,राष्ट्रबादिता, न्यायप्रियता , कार्यकुशलता , प्रभाबकारिता ,उच्चसंबेदनसिलता,दृढता , निपुणता, सम्प्रेषणीता , बिषयबिज्ञता , गतिशीलता , निष्पक्षता र लोकप्रियता भनेका संगठन प्रमुखमा हुने अनिवार्य गुणहरु हुन।
१८) प्रहरी संगठनलाई चलायमान , गतिशिल बनाउन , चुस्त ,दुरुस्त र पारदर्शी ढंगले चलाउन तल्लो तहका कर्मचारीहरु सँग व्यापक छलफल र आफू भन्दा तल्लो तहका कर्मचारीहरुको निरन्तर रुपमा अनुगमन
१९) कर्मकाण्डी प्रकृतिको नभई नतिजामुखी हुनुपर्छ
२०) नरीवलको जस्तो चरित्र।hard from outside and soft from inside
२१)प्रहरीलाई नितिगत सुधारका लागि भैइरहेको संरचनालाई पुर्ण रुपमा परिवर्तन , सेबामुलकताका लागि विशेष योजना सहित रोड म्यापको निर्माण।
२२)जायज तर्क ,शिर्घ र उचित निर्णय क्षमता ,बिषय विश्लेषण गर्नै दक्षता र मेघाबी ब्यक्तितब हुनुपर्छ |
२३) कर्मचारीहरुलाई उत्पेरित गर्नै ब्यक्तितत्वको बिकाशमा सहयोग ,असल उत्ताधिकारीको खोजी , सरुवा बढुवालाई न्यायपुर्ण रुपबाट गर्नको लागि एक निश्चित मापदण्ड तयार गरि अक्षरश पालाना गर्नुपर्छ ।
२४) परिस्थिति हेरेर निर्णय लिदा त्यसमा राजनैतिक दलहरुको गन्ध आउन भएन।
२५) संगठन प्रमुखको ब्यक्तित्व र कार्यशैली ओझपुर्ण हुनुपर्छ संगठनको नेतृत्व जिम्मेवार अनुशासित ,बिधिसम्मत र बिबेकशिल भएन भने सम्पूर्ण पद्धति निर्जीव हुन पुग्दछ।संगठनले आफ्नो बल र आफ्नो शक्तिले भ्याएसम्म सन्तुलित रुपले आफूलाई अगाडि बढाएको छ यधपी हाल राजनैनिक दलहरुमा न्यून समझदारी मात्र छ जुन सुकै कुरामा चित्त नबुझे पनि ह्रिंसक प्रबृत्तिको सडक आन्दोलनमा गईहाल्ने परम्पराले शान्ति सुरक्षाको काम सधै चुनोैती पुर्ण हुन्छ नै।
नेपालमा ब्याज प्रणालीको ब्यबस्था नभएको र बढुवा पद्धति पनि असंङ्गठित र अब्यबस्थित भएका कारण कर्मचारीको सेबा प्रबेशको मितिले खासै महत्त्व राख्दैनन् तर बिश्वका अधिकांश देशका सरकारी सेबा र त्यसमा बिशेषत दक्षिण एशियामा ब्याज प्रणाली अत्यन्त महत्त्वपूर्ण र निर्णायक रहन्छ।
माथि उल्लेखित ब्यबस्थालाई अब आउने प्रहरी महानिरीक्षकले भैइरहेको अब्यबहारिक प्रहरी ऐनको पुर्ण रुपमा बिस्थापन र प्रहरीको केही नियमावली बुदाँहरुमा परिवर्तनको लागि नैतिक साहस जुटाउन अनिवार्य भैइसकेको छ।
२६) रचनात्मक सहकार्यमा बिश्वास राख्दै ब्यक्तिको कुर्सीले शोभा दिने होइनकि ब्यक्तिको कार्यक्षमताको कारणले कुर्सीको शोभा बढनुपर्छ ।
२७) कुशल प्रहरी निरन्तर अध्ययन,विश्लेषण गर्नै , नितिगत मान्यता बुझ्ने र कानुनको पालना गर्नै , त्यसको मर्म बुझ्ने ,आफ्नो ज्ञान र अनुभवलाई निरन्तर शिक्षाका माध्यमबाट खार्न नयाँ प्रबिधि र शैलीलाई अनुसरण गर्नुपर्छ ।
२८) संगठनको उद्देश्यलाई निरन्तर पछ्याउने र निरन्तरता दिने।आफ्नो संगठनको उद्देश्यलाई सर्बोपरि ठान्ने , प्रबिधि मैत्री बन्ने ,सेबामुखि हुदै नतिजा नर्बिसने उत्तराधिकारी निर्माण गर्नै (sucession planning for future igp and aigp) , बिबादको दिर्घकालिन समाधान खोज्ने र कानुनी शासनको मर्म बुझ्ने ब्यक्ति हुनुपर्छ ।
एउटा संगठन केबल अङ्क गणितीय फाइदा उत्पादन र कानुनको पालनाले चल्दैन।मानबीय समंबेदना त्यतिकै जरुरी एबम महत्त्वपूर्ण छ नै।
२९) संगठन र मुलकलाई भोैगलिक रुपमा बुझ्न नेपालको A To Z geographical mapping and analyzing security threat आवश्यक छ |
३०)आफ्ना सहकर्मीहरुसँग मैत्रीपुर्ण सम्बाद र व्यवहार ।तल्लो तहका प्रहरी कर्मचारीलाई स्पष्ट निर्दशन र माथिल्लो निकायहरु सँग अनुशासन बद्द रुपमा तर्क बिर्तक र आबश्यक परेमा कारण सहित राय बझाउन पछि नर्पैने।
३१) बिषय बस्तुलाई गहिरो सँग अध्ययन गरेर मात्र प्रस्तृति।
३२) भुतपुर्व प्रहरी महानिरीक्षकहरु एबम अबकाश प्राप्त बोैद्दिक प्रहरी अधिकृतहरुको सल्लाहकार समूह गठन गर्नको लागि पहल गर्दै सल्लाह लिने परम्पराको बिकाश गर्नुपरयो।

निष्कर्ष
बिगतमा केही अपबादलाई छोडेर बर्तमान प्रहरी नेतृत्वले केही गरोै भन्ने सकरात्मक सोच छ ।तर यो सोचलाई निरन्तरता गर्नुपर्ने देखिन्छ।
शासन प्रणाली बिग्रनुको मुलभुत कारण पनि राम्रो नभई हाम्रा मानिस खोज्ने प्रबृत्ति निरन्तर हाबी हुनु हो।
जब प्रशासनतन्त्र भताभुङ्ग तब शासन सयन्त्र सहज हुदैन ।राजनैतिक दलहरूको बेथिति ,सत्ता मोह ,अस्वस्थ प्रतिस्पर्धा ,आमजनताहरुको चरम महत्त्वकांक्षा , दिन प्रतिदिन युबाहरुको बिदेश बर्हिगमन ,सक्षम र पढेलेखेका युवाहरुको अभाब, मुलुकमा केही छैन र केही हुदैन भन्ने गलत भाष्य स्थापित भइरहेको परिप्रेक्ष्यमा त्यस्ता याबत चुनोैतीहरुलाई ब्यबस्थापन गर्नै बर्तमान प्रहरी नेतृत्वको फराकिलो प्रयास भएपनि यसलाई घनिभुत रुपमा कार्यान्यन गर्नैको लागि प्रहरी भित्रको नायक चरित्र भएको प्रहरी महानिरीक्षक खोजेको छ मुलकले भबिष्यको लागि …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो । रावल हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य छन् । उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए। त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ । व्यापारी […]

दाङ । देउखुरी ईलाका प्रहरी कार्यालय भालुवाङ्को मातहत इलाका प्रहरी कार्यालय सिसहनिया दाङबाट खटिएको प्रहरी टोलीले जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.५ स्थित पुर्व-पश्चिम राजमार्ग सडक खण्डको विभिन्न स्थानहरुमा सवारी चालक,सहचालक र आम सडकहरुमा प्रयोगकर्ताहरुलाई समेत भेला जम्मा गराई , सडक दुर्घटना न्यूनिकरणको लागी “ट्राफिक नियम तथा सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानिका बिषयहरुमा सम्झाई बुझाई […]

  बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्की निरीक्षण तथा अनुगमनको क्रममा यस जिल्ला प्रहरी कार्यालय बर्दियामा पाल्नु भई कार्यालयको आन्तरिक तथा बाह्य तर्फ निरीक्षण गर्नुको साथै । बर्दिया जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मातहत (क) श्रेणी इलाका प्रमुख र चौकी इन्चार्जहरु समेतलाई आवश्यक निर्देशन दिनुका साथै […]

error: Content is protected !!