११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

दाङमा मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नेकपा बहुमतको कार्यकर्ताले नाक काटियो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

 

दाङ । मिटर ब्याज असुलेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीको नाक काटि दिएका छन् ।

आज बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाक चक्कुले काटेका हुन् ।

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।

नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।

नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो । दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी […]

  मोरङ । कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए । घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार […]

  दैलेख । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश […]

error: Content is protected !!