काठमाडौं । गत असार २९ गते लोकसेवा आयोगले लिएको परीक्षा दिएका मध्ये २ हजार ६११ जना उत्तीर्ण भएका हुन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८० माघ २६ गते प्रकाशित विज्ञापन नम्बर २५ (०८०/८१) अनुसार लोक सेवा आयोगले २०८१ असार २९ गते लिखित परीक्षा लिएको थियो।
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका २०८१ मंसिर ५ गते नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने जानकारी दिइएको छ।