०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

चार्डपर्वमा घर देखि लामो समय टाढा जाँदा प्रहरीलाई जानकारी दिन DIG: शाह को अनुरोध

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

  • सागर थापा

असोज १२,दाङ । चार्डपर्वको समयमा लामो समय घर छाडेर जाने जिल्ला बासीलाई घर छाड्नु अघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले सम्पूर्णलाई अनुरोध गरेको छ ।

५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ। ५. नम्बर प्रदेश प्रहरीले सार्वजनिक गरेको चार्डपर्वलाई लक्षित गरि सुरक्षा योजना अनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ।

‘हामीले चार्डपर्व लक्षित सुरक्षा अन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं।’ सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै ५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले भन्नुभयो। विशेष गरी जिल्लाबाट बाहिर जाने भित्रिने नाकामा बाक्लो प्रहरी चेकजाँच गर्ने व्यवस्था मिलाएको छ।

५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले विशेष गरी सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने विशेष सुरक्षा सतर्कता अपनाउने, चोरी डकैतीलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने, मापसे चेकिङलाई कडाइ गर्ने लगायतका सुरक्षा योजना तयार गरिएको बताउनुभयो।

जस अनुसार सबै जिल्लाहरुमा पैदल गस्ती अस्थायी पिकेटिङ साइकल र मोटरसाइकल सीआरभी र मोबाइल गस्ती तोकिएका छन्। त्यस्तै सादा पोसाकका प्रहरी सूचना संकलन टोली सिल एन्ड सर्च कर्डन सर्च स्थानमै एम्बुसिङ र निगरानी गर्ने भएको डिआइजी शाहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

८५ जना प्राविधिक प्रहरी कर्मचारीको बढुवा तथा पदस्थापन काठमाडौं । प्रहरी महानिरीक्षकको आज वैशाख ३ गतेको निर्णयअनुसार आकै समितिबाट लागु हुने गरी प्राविधिक प्रहरी समुह तर्फ ८५ जनाको बढुवा तथा पदस्थापन गरिएको हो ।

  काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट नेपालमा दर्ता नगर्ने सामाजिक संजाल बन्द हुने घोषणा गरे । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भइसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौँ ।’ तर सरकारले दिएको समयसिमानै […]

काठमाडौं । नेपाली बजारमा खाने तेलको मूल्य घटेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको हो। घटेको मूल्यमा नेपाली बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच हुने भएको छ। अब भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि […]

error: Content is protected !!