०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

पुर्व गृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन १९, २०८१

 

पोखरा । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ।

यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। ​जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो।

अदालतले थपको १० दिनको म्याद कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ।

सभापति लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले यस्तो जानकारी दिनुभयो । ‘पछिल्लो समयमा १० वर्ष मुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित हुन थालेका छन्’– एसपी तिमिल्सिनाले भन्नुभयो– ‘पाँच वर्षकी बालिकालाई ६५ वर्षको बृद्धले जबर्जस्ती गरेको उजुरीमा भर्खरै पक्राउ परेको छ । घरकै काका दाजुजस्ता नाता पर्ने र […]

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य: भौतिक साधन जुट्ने सम्भावना छ र उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्नेछ। तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।​ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मध्यम: सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ। आर्जित […]

निलम्बित न्यायाधीश भुवन गिरीले उच्च अदालत,पाटनबाट सफाइ पाए काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा आइतबार (आज) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो। जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा […]

error: Content is protected !!