काठमाडौं । बुधबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।
बुद्दिराज गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केदार ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन्।
यस अगाडि डीआईजी दुर्गा सिंह चन्दलाई बढुवा गर्ने तयारी भएपनि राजनैनिक चलखेलका आधारमा ढकाललाई बढुवा सिफारिस गरिएको हो। सिफारिसमा परेका ढकाल ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छन्।