०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

नेपाल ट्रष्टको नाममा रहेको जग्गा कसैले चलाउन पाउदैन : रक्षामन्त्री ईश्वर पोखरेल

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

असोज ११, भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताएका छन ।

शुक्रबार नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको अनुगमन गर्दै मन्त्री पोखरेलले भने, नेपाल ट्रष्टको नाममा लालपूर्जा भएको सम्पत्ति हो, नेपाल ट्रष्टको नाममा रहेको जग्गामा कही कतै, कुनै व्यक्ति, ईकाई वा कुनै निकायले केही गर्न सक्दैन ।’

मन्त्री पोखरेलले नेपाल ट्रष्ट कानून अन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यबस्थित गर्न कानून बनेको बताउदै मन्त्रिपरिषद्को निर्णय बिना केही गर्न नसकिने बताए । साथै ट्रष्टले काठमाण्डौं उपत्यकाको मात्रै नभई पोखरा, हेटौडा, भरतपुर, सुर्खेत, धनगढी लगायत देशभर रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताए ।

उक्त कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेपनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने बताए ।

उनले भने, ‘पर्खाल लगाएर संरषण गर्नु राम्रो हो तर यो जग्गाको स्वामित्व लिने प्रयास नगरपालिकाले नगरोस्, विरोधमा उत्रनु पर्ने अबस्था नआओस् ।’

२०७२ सालको महाभूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेको बताउदै उनले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने  साथै स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा […]

काठमाडौं । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा […]

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाईका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेशमा राखेको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई […]

error: Content is protected !!