०८ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

कीटमा अस्पतालको ठगी धन्दा, परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।

मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ । हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । महाशाखाका निर्देशक डा. लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए । उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ ।’

५६ जिल्लाका ५१ सय संक्रमित

ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएको हो या होइन जानकारी हुन्छ । यस्तै, जाँचसँगै लक्षणलाई आधार मानेर डेंगु पत्ता लगाउन सकिने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइट ब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिन सक्छ ।

सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा. अनुप बाँस्तोलाले डेंगु परीक्षणका लागि कीट आवश्यक नपर्ने बताए । कीटमा चरम राजनीति भएको भन्दै उनले भने, ‘प्रकोपका रूपमा डेंगु फैलिएको छ । त्यसकारण, कीट जरुरत छैन । डब्लूबीसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट परीक्षण गर्ने र लक्षणका आधारमा डेंगु भएको हो या होइन, पहिचान हुन्छ ।’ डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षाको समय सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी तथा मांसपेशी कडा रूपमा दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुका लक्षण हुन् । डेंगु संक्रमितको संख्या अझै बढ्ने चिकित्सकले बताएका छन् । सरकारले डेंगु रोकथामका लागि १० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । सो रकम ‘खोज र नष्ट गर’ जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ । तर, सो रकम केही जिल्लामा प्रयोगमा आउन नसकेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकका लागि  प्रशान्त वलीले तयार गरेकी हुन ।A

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ । बृष राशि -नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज […]

error: Content is protected !!