बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ ।
अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई पशु क्वारेन्टाईन कार्यालय नेपालगंज पठाएको छ ।
लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ८५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर , नाइट्राजेपाम १६५ ट्याब्लेट , ट्रामाडोल ७३ ट्याब्लेट लागू औषध सहित ४४ जना ओसारपसार कर्ताहरुलाइ कानूनी दायरामा ल्याएको छ ।