०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

सरकारका ४ जना मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

 

काठमाडौं । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध उजुरी परेको हो । युवराज सफलले बिहीबार अख्तियारमा उनीहरुविरुद्ध उजुरी दिएका हुन् ।

उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको जिकिर गरिएको छ । अर्थमन्त्री पौडेलको सम्पत्ति छानबिन हुनुपर्ने माग उजुरीमा गरिएको छ । उनीमाथि ललिता निवास, सुकुम्वासी जग्गा लगायतका जग्गा प्रकरणमा मुछिएको आरोप लगाइएको छ ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा के कति कारणले आरजु राणा देउवालाई अनुसन्धानकै दायरामा नल्याई छोडिएको हो त्यो कानून सम्मत र न्यायसम्मत देखिँदैन अतः तत्काल अनुसन्धान गर्न सफलले अख्तियारको ध्यानाकर्षण गराएका छन् । ऊर्जा मन्त्री खड्कामाथि जल विद्युत् व्यवसायीलाई नै ऊर्जा मन्त्रालयको जिम्मेवारी दिँदा स्वार्थ बाझिएको भन्दै जग्गा हडपेको आरोप लागेको छ । श्रममन्त्री भण्डारीमाथि वैदेशिक रोजगारीमा जानेहरूमाथि आर्थिक भार थप्ने निर्णय गरेको र ट्राभल एजेन्सीहरूलाई पोस्ने काम गरेको आरोप छ ।

आरोपबाट सफाइ नपाउँदासम्म चारै जना मन्त्री पदमा बस्ने अवस्था नरहेको उजुरीमा उल्लेख छ । अख्तियारले आवश्यक अनुसन्धान एवम् कारबाही नगरेमा आफू सर्वोच्च अदालत गएर भए पनि आवश्यक कानूनी उपचार खोज्न बाध्य हुने सफलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

  काठमाडौं । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीविरुद्ध उजुरी परेको हो । युवराज सफलले बिहीबार अख्तियारमा उनीहरुविरुद्ध उजुरी दिएका हुन् । उजुरीमा विभिन्न काण्डमा मुछिएका व्यक्तिहरू मन्त्री बन्न योग्य नभएको जिकिर […]

error: Content is protected !!