२४ पुष २०८१, बुधबार
08-01-2025 , Wed
×

धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष १७, २०८०

(एबिसि संचार )

धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) मा ‘खाद्यपदार्थ बिकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइनेछ’ उल्लेख छ ।

उक्त सूचनामा माघ १ गतेदेखि चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कंकड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन भनी उल्लेख गरिएको छ ।

‘२०८० साल माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, तु, सुल्फा, सुल्फा, कङ्कड, सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा भनिएको छ, ‘बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले शुक्रबार मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् । सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप […]

(ABC-Sanchar) डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरेको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल […]

(एबिसि संचार ) धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक लगाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ती […]

error: Content is protected !!