११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

तनहुँमा दैनिक डेँगी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी एक दिनमा १८२ जना

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
तनहुँ । करिब दुई महिनाअघिदेखि फैलिएको डेँगी दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन ।

मङ्गलबार मात्रै तनहुँमा १८२ जना नयाँ डेँगी सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा सोमबारसम्म ६ हजार ४८४ जना डेँगी सङ्क्रमित रहेकोमा वृद्धि भई ६ हजार ६६६ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि ५ हजार ४१५ रहेको यस पालिकामा थपिएर ५ हजार ४७५ जना पुगेको छ । डेँगी सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा ४९६, ऋषिङ गाउँपालिकामा १९४, भिमाद नगरपालिकामा १८४, म्याग्दे गाउँपालिकामा ११०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा ९ जना सङ्क्रमित भएका छन् ।

यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए ।

डेँगी सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरूप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रसस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  हेटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नं. को योद्धा पिकअप गाडी र चालक जिल्ला बारा पचरौता नगरपालिका वडा […]

मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाको विनियोजित बजेटबाट यस जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवन आज मिति २०८२ बैशाख १० गते बुधवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा समुद्‍घाटन कार्याक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी […]

बाँके । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा संगै डिएसपी भण्डारीलाई मनाव बेचबिखन अनुसन्धान ब्यूरो पिलर १ नेपाल भारत र अंग तस्करीमा सरुवा गरीएको हो । भण्डारीको सरुवा भए लागत्तै इप्रका कोहलपुरमा डीएसपी लक्ष्मी खनाल आऊने भएकी छिन । ऊनी यस अघि  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नक्साल काठमांडोमा […]

error: Content is protected !!