०८ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

दाङमा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा लक्ष्य अनुसारको राजस्व उठेको छैन?

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ ।

दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य लिँदै रु पाँच करोड राजस्व उठाउने लक्ष्य लिएकामा जम्मा रु १४ लाख २३ हजार अर्थात २.८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । यस उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा बबई नदीको पक्की पुलको पूर्वतर्फ, बबई नदी पक्की पुलको पश्चिमतर्फ, बबई नदीको सुकौरा मसानघाट क्षेत्र र ग्वारखोला बालुवाघाट क्षेत्रमा ठेक्का लगाएको थियो ।

घोराही उपमहानगरपालिकाले रु दुई करोड राजस्व उठाउने लक्ष्य राखेकामा रु १२ लाख ८१ हजार मात्रै उठाएको छ । यस उपमहानगरपालिकाले हापुर खोला अस्पारा घाटमा ठेक्का लगाएको थियो । त्यस्तै लमही नगरपालिकाले पनि अत्यन्तै न्यून मात्रामा नदीजन्य पदार्थबाट राजस्व उठाएको छ । लमही नगरपालिकाले रु आठ करोड राजस्व उठाउने लक्ष्य लिएकामा ९० प्रतिशत कम अर्थात् रु ३२ लाख २३ हजार ९० रुपैयाँ मात्रै राजस्व उठाएको छ । राप्ती नदीको बुटकहवा घाट र अर्जुनखोला बन्गैघाट गरी दुई स्थानमा लमहीले ठेक्का लगाएको थियो ।

नदीको दिगो व्यवस्थापन र संरक्षण गर्दै खोलाको उच्चतम प्रयोग र नियमित आम्दानीका लागि भन्दै दाङका स्थानीय तहहरुले गत वर्षदेखि सम्बद्र्धन प्रणालीमा आधारित खोला व्यवस्थापन कार्य सुरु गरेका छन् । यससँगै खोला क्षेत्रका नदीजन्य पदार्थ त्यसलाई बिक्री वितरण गरेर आम्दानी गर्ने योजना बनाएका छन् । आव २०७९/८० मा ढुङ्गा गिट्टीको बिक्रीबाट यहाँका स्थानीय तहले रु २२ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार करोड ५७ लाख ११ हजार ७ सय ७९ रुपैयाँ मात्रै राजस्व संकलन भयो । यो लक्ष्यको ४७.९५ प्रतिशत हुन आउँछ ।

तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य लिँदै रु पाँच करोड आम्दानी गर्ने लक्ष्य लिएको तुलसीपुरका नगरप्रमुख टिकाराम खड्काले बताए । ‘नदीजन्य पदार्थ निकाल्ने जिम्मा पाएका निकायले काम अगाडि बढाउन नसक्दा लक्ष्यअनुसार राजस्व उठ्न नसकेको’ उनले बताए । नदीजन्य पदार्थ बिक्रीबाट उठेको आम्दानीले विकास खर्च गर्ने लक्ष्य रहेकामा त्यो हुन नसकेको उनको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काका अनुसार बोलपत्र आह्वान गरेर नदीजन्य पदार्थको उत्खनन गर्न खोज्दा ठेक्का नलाग्ने र राजस्व नउठ्ने समस्याको कारण अवैधानिक क्रसर उद्योग हुन् । नदीजन्य पदार्थको उत्खनन्, ओसार–पसारमा संलग्न सवारीसाधन साउनयता मात्रै करिब ५० बढी पक्राउ परेको र जिल्लाका कुनै पनि क्रसर वैधानिक नभएको भन्दै क्रसरहरूलाई नियन्त्रणमा ल्याउने पनि उनले बताए ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले राजस्व वृद्धि गर्न यस वर्ष इमान्दारीताका साथ निर्णयलाई कार्यान्वयन गर्ने बताए । नदीजन्य पदार्थको व्यवस्थापनसम्बन्धी भएको नीति नियमलाई कार्यान्वयन गर्न नसक्दा समस्या आएपनि त्यसको समाधान गरिने उनको भनाइ छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय तहहरुका बीचमा नदीजन्य पदार्थ उत्खनन् र व्यवस्थापनका सम्बन्धमा एकरूपता ल्याएर चोरी निकासी रोक्ने बताए ।
गत आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा गिट्टीको बिक्रीबाट यहाँका स्थानीय तहले रु २२ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा त्यसको ४७.९५ प्रतिशत अर्थात ४ करोड ५७ लाख ११ हजार ७७९ मात्रै राजस्व सङ्कलन भएको छ । जिल्लाको अन्य आठ पालिका नदीजन्य पदार्थ बिक्रीबाट उठाउनुपर्ने राजस्व सङ्कलनमा पूरै असफल देखिएका छन् । गढवा गाउँपालिकाले पनि रु चार करोडको लक्ष्य लिएकामा जम्मा रु दुई करोड ३७ लाख उठाएको छ भने बङ्गलाचुली गाउँपालिकाले रु १५ लाखको लक्ष्यमा रु १३ लाख ७४ हजार तीन सय ५० सङ्कलन गरेको छ । लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा पालिकाको आन्तरिक काम कारवाहीमा ठूलो असर गरेको पालिकाहरुको भनाइ छ ।
दङ्गीशरण गाउँपालिकाले ढुङ्गा गिट्टी बिक्री तथा ठेक्काबाट रु २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १८ लाख एक हजार नौ सय ५४, राजपुर गाउँपालिकाले रु दुई करोड ८१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु ५४ लाख ७८ हजार ३ सय ७९ राजस्व उठाएको छ । राप्ती गाउँपालिकाले पनि ढुंगागिट्टी बिक्री तथा ठेक्काबाट रु २३ लाख ७२ हजार ३ सय २८ र बबई गाउँपालिकाले रु ५८ लाख ८१ हजार ३ सय १० रुपैयाँ मात्रै राजस्व उठाएको छ । शान्तिनगर गाउँपालिकाले भने ढुङ्गा गिट्टी बिक्री तथा ठेक्काबाट रु ६० लाख उठाउने लक्ष्य राखेकामा रु ७४ लाख २० हजार पाँच सय १५ सङ्कलन गर्न सफल भएको छ ।
देउखुरीस्थित राप्ती नदी र यस क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् भइरहँदा स्थानीय सरकार बेखबर बनेका छन् । रातिको समयमा राप्ती नदी वारिपारिको क्षेत्रमा अवैध तरिकाले अत्यधिक रुपमा चोरी निकासी भएको स्थानीय रोमहर्ष शर्माले बताए । कपितय समयमा जिल्लास्तरबाट तथा पालिकास्तरबाट अनुगमन भएपनि यो प्रभावकारी नहुँदा नदीजन्य पदार्थ दोहनमा बिचौलिया र माफियाले रजाइँ गरेको उनको भनाइ छ ।
ढुङ्गा, गिट्टी र बालुवाबाट आन्तरिक आय बढाउन स्थानीय सरकार असफल भएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए । खर्च बढे पनि ढुङ्गा, गिट्टी र बालुवाबाट राजस्व सङ्कलनको दायरा फराकिलो बनाउन नसक्दा आन्तरिक आय बढ्न नसकेको उनको भनाइ छ । २०७० सालदेखि मापदण्ड नपुगेर बन्द भएका कतिपय उद्योग अहिले पनि सञ्चालन हुन सकेका छैनन् । यस क्षेत्रका गिरोहले नदीजन्य पदार्थ जथाभाबी उत्खनन् गरिरहेका कारण वातावरणमा पनि नराम्रो प्रभाव परिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!