०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

ऋषि धमलालाई एमालेमा आउन कोमल वलीको प्रस्ताव निर्वाचन लड्न सुझाव

Logo
प्रकाशित आइतबार, कार्तिक १२, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नेकपा (एमाले) की नेतृ कोमल वलीले २०८४ मा हुने आम निर्वाचन लड्नको लागि तयारी गर्न पत्रकार ऋषि धमलालाई सुझाव दिएकी छिन् । हिजो प्राइम टिभीको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन् ।

उनले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने धारणा राख्ने क्रममा पत्रकार धमलालाई पनि ०८४ को निर्वाचनमा भाग लिनेगरि तयारी गर्न सुझाव दिएकी हुन्। उनले भनिन्–‘ऋषिजी, तपाईँ पनि ०८४ को निर्वाचनमा तयारी गर्नुहोस ।’ यद्धपी धमलाले आफूलाई धेरै दलबाट चुनाव लड्नको लागि प्रस्ताव आइरहेको र आफूले अस्विकार गर्दै आएको स्मरण गराए । वलीले भने अन्तिममा धमला चुनाव लड्ने अनुमान सुनाउँछिन् ।

उनले थपिन्,‘तर, लास्टमा तपाईँ चुनाव लड्नुहुन्छ होला । तपाईँंको लोकप्रियता यसो हेर्दाखेरि, सबै ठाउँमा युवाहरुको तपाईँं आकर्षण हुनुहुन्छ । तपाईंले सामाजिक मुद्दाहरुलाई उठाइरहनुभएको छ । लोकतन्त्रको लागि मिडियामार्फत खबरदारी गरिरहनुभएको छ । तपाईँ चुनाव लड्नुभयो भने जित्नुपनि हुन्छ । आउनुहोस एमालेमा तपाईँंलाई स्वागत छ । एमालेको सदस्य भएर देशको सेवा गर्न पाउनु ठूलो कुरा हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

  (ABC-Sanchar) काठमाडौं । हत्या अभियोगमा सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई सरकारले आममाफी दिएकोमा सर्वोच्च अदालतले त्यसलाई उल्टाएपछि यस्तै अन्य विषयमा पनि प्रश्न उठेको छ । खासगरी त्यस्तै दर्दनाक घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको कैद मिनाहको विषयमा पनि प्रश्न उठेको हो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक […]

  ABC (क्राईमबिट) काठमाडौं । झापाको दमक नगरपालिका ५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि […]

error: Content is protected !!