०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
×

नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै महासचिव विप्लव आपत्ति

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


(ABC-Sanchar)
बिराटनगर । नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् ।

समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् ।

यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उनको भनाइ छ । इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उनले देश जटिल अवस्थामा पुगेकाले समाजवादीहरु एक भएर समाजवादी मोर्चा गठन भएको दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!