१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
×

लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले सतह पार खतरा संकेत

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

(ABC-Sanchar)

बुटवल । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। आज बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह सात दशमलव २२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ ।

तिनाउ नदीको जल सतह छ दशमलव ८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ । तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। जिल्लास्थित सुरक्षाका तीनै वटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर शनिबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। सो  भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।  दुवै नेताले सरकार परिवर्तनका बारेमा […]

दाङ । घोराही राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्ववाधानमा २०८२|०१|०७ गते देखि मिति २०८२|०१|१२ गते सम्म संचालन भएको ६ (छ) कार्य दिन अवधिको प्र.ब.ह/प्र.ह./प्र.स.ह/प्र.ज लक्षित अपराध अनुसन्धान विशेष घुम्ती अनुशिक्षण तालिम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिद्वारा प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण- पत्र […]

  दाङ । तुल्सीपुर शनिबार प्रदेश प्रहरी कार्यालय,तुलसीपुर,दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको वैशाख ४ गतेको निर्णयबाट एआईजी पदमा बढुवा सिफारिस गरेको छ । एआईजी पदमा बढुवा सिफारिस हुनुभन्दा बढुवा हुनुभन्दा अगाडिसम्म कार्कीले […]

error: Content is protected !!