(ABC-Sanchar)
काठमाडौं । शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९ सय जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ।
ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु(हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २ सय ३० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९ सय जना घाइते भएका छन्।
सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ। रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ। एजेन्सी