(ABC-Sanchar) चितवन । उपनिर्वाचनमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन् ।
अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना गर्न बाँकी रहँदा लामिछाने निकटतम प्रतिस्पर्धी उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३२ हजार ६१२ मतान्तरले अगाडि छन् ।
हालसम्म लामिछानेले ४० हजार ६९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ४५७ मत ल्याएका छन् ।
तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जीवलाल पुरीले २८३ मत ल्याएका छन् ।