(ABC-Sanchar)
काठमाडौं । बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। विज्ञप्तिमा चितवन निर्वाचन क्षेत्र नम्बर २ रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरिएको उल्लेख छ।
तनहुँ-१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ। त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।
रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।