०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपा नेपालको निर्णय 

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९

(ABC-Sanchar) काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!