(ABC-Sanchar) काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । पौडेलले आइतबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार अइतबारदेखि नै लागू हुनेगरी पौडेलको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावनाअनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरेका छन् ।