ABC (Sanchar) आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ ।नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रन मात्रै बनयो ।
नेपाललाई जित दिलाउन सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङ रह्यो । युएईका ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।
यस्तै आर्यन लक्राले ५० रन र वृत्य अरविन्दले १३ रन जोडे । युएईका अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । आर्यन र खानबीच दोस्रो विकेटका लागि ९४ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो ।
बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका थिए ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।
नेपालको लागि भीम कार्की ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन जोडेका थिए । सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए । कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए ।
ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए ।
योसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अव चार मध्य दुई खेलमा जित निकाले पर्याप्त हुनेछ ।
लिग(२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ ।
पाँचौ स्थानको उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ । युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ। पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ।