ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दियो । भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।
सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकार पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिँदैन । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।