०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

दाङको बेलदमारमा बस र टिप्पर ठोक्किदा ६ वटा सवारीसाधनमा क्षती

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९


(ABC-Sanchar)
दाङ । घोराही लमही सडकखण्डको बेलदमारमा बस र टिप्पर एक आपसमा ठोक्किदा ६ वटा सवारी साधनमा क्षेती भएको छ ।

मंगलवार दिउँसो करिव ३ : ३५ बजे घोराही–लमही सडकखण्डको लमही नगरपालिका–६ बेलदमारस्थित घोराहीबाट बुटवल जादै गरेको लु १ ख ८४७३ नम्वरको बस र बिपरित दिशाबाट आउँदै गरेको रा १ ख १३६० नम्वरको टिप्पर एक आपसमा ठक्किदा एउटा बस, एउटा टिप्पर, दुई वटा मोटरसाइकल र दुई वटा कारमा क्षेती पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ९ जना, कारमा सवार ४ जना र मोटरसाइकल चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा घाइतेहरु लमही अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि सवै जना डिस्चार्ज भएको जिल्ला प्रहरीकार्यालय दाङले जानकारी जनाएको छ ।

दुर्घटना पश्चिात बाटो खुलाउँदै गर्दा दुर्घटनामा फसेको बस ब्याग गर्ने क्रममा ब्रेक नलागी पछाडी आउदा बा १० च ६९९२ र बाग्मती प्रदेश ०१–०२५ च ९४४८ नम्वरको कार र रा १ प ६४०१ र भे ३ प ३८१२ नम्वरको मोटरसाइकल बस मुनि पसी पूर्ण रूपमा क्षती भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!