०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

नागरिक र प्रहरी मिलेर मात्र शान्ती सुरक्षा कायम गर्न सकिन्छ आईजिपी धिरज प्रताप सिंह

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९


(सागर थापा)
दाङ । घोराही नेपाल प्रहरीका प्रहरी आईजिपी धिरज प्रताप सिंह अचानक गोप्य अनुगमन दाङ आएर जानुभएको छ ।
आईजिपी सिंहले बिना बर्दिका नागरिकहरुको पनि शान्ती सुरक्षा कायम गर्ने सवालमा महत्वपूर्ण भुमिका रहने बताएका छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उनले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ती सुरक्षा कायम गर्न सकिने बताएका हुन ।

समाजमा अपराधका स्वरुपहरु फेरिदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रबिधी मैत्री बनाउनु पर्ने आईजिपी सिंहले जोड दिएका छ्न ।

कानुन कार्यान्वयनले नै समाजमा दण्डहिनता अन्त्य हुने भन्दै उनले प्रहरीलाई कुनै पनि प्रलोभनमा नपरेर नागरिकलाई राज्य भएको महसुस हुने गरि न्याय निरुपण गर्नुपर्ने बिचार ब्यक्त गरे ।

पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्युनिकरण गर्न प्रहरी नयाँ प्रबिधी अपनाउनु पर्ने उनले बताए । महिला र बालबालिकाको सवालमा अलि बढि संबेदनसिल हुन आग्रह गर्दै आईजिपी सिंहले अपराध नियन्त्रणमा कसैसंग सम्झौता गर्न नहुने भन्दै उनले दाङमा प्रहरी प्रमुख एसपी भएर काम गर्दा गुण्डा गर्दि नियन्त्रण बैदेशिक रोजगार ठगि,यातायात सिन्डिकेट लगायत विभिन्न आपराधिक गतिबिधी नियन्त्रणमा लिएर सफल भएर दङ्गालिको मन जितेको स्मरण गरे ।

प्रहरीका बिभीन्न मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई शान्ति सुरक्षा, मानव अधिकारमा सम्वेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न आग्रह गर्दै उनले गएको प्रदेश र संघको निर्वाचनलाई सहयोग गर्ने सबै प्रहरीहरुलाई धन्यवाद दिए । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्याय जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिरबहादुर वली जिल्लाको शान्ती सुरक्षाको अबस्थाको बारेमा आईजिपि सिंहलाई बिर्फिङ गरेका थिए । त्यस्तै उनिहरुले आफ्नो कार्यकालमा

सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुका साथै शान्ती सुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने प्रतीबद्धता ब्यक्त गरे । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वलीले आईजिपी सिंहलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुका प्रहरी प्रमुखहरु, मातहतका प्रहरी युनिट इन्चार्ज, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिती रहेको थियो । शुक्रबार आईजिपि सिंहले धारपानी मन्दीरको दर्शन गरेका थिए । त्यस्तै ब्रह्मकुमारी बिश्व बिद्यालयले प्रहरी महानिरीक्षक सिंहसहित नेपाल प्रहरी श्रीमती संघकि अध्यक्ष तथा उनकि धर्मपत्नी कुसुमलता सिंह ,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी नलप्रसाद उपाध्याय र उनकिका धर्मपत्नी सुनम उपाध्याय तथा जिल्ला प्रहरी दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलिलाई स्वागत तथा सम्मान गरेको थिए ।

साथै आईजिपी सिंह घोराहिको ट्राफिक चोक नजिकैको शिरडि साइ मन्दिर पुगेर पनि पुजाआजा गरेका थिए । शुक्रबार नै आईजिपी सिंह दाङ निरीक्षण सकेर नेपालगन्जको कार्यक्रममा सहभागी हुन जानुभएको दन्तकाली प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]

error: Content is protected !!