ABC (क्राईमबिट)
दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदान स्थलमा शङ्कास्पद वस्तु फेला परेपछि अझै मतदान सुरु हुन सकेको छैन ।
आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शङ्कास्पद वस्तु भेटिएपछि रोकिएको हो ।
सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।