०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

शनिबार राति १२ बजेदेखि आईतबार मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन रोक

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । शनिबार राति १२ बजेदेखि आइतबार मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएको छ। निर्वाचनको सुरक्षालाई लक्षित गरी गृह मन्त्रालयले १२ बजेदेखि गाडी चलाउन रोक लगाएको हो।

आइतबार बिहानैदेखि मतदान रहेकाले निर्वाचन सुरक्षालाई बलियो बनाउन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। आइतबार बिहान ७ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभरी मतदान हुँदैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो । सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् । ‘सुनुवाइ सकियो, अब तपाईंहरु सबै बाहिर जानुस् र मलाई […]

  काठमाडौं । प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो । प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

error: Content is protected !!