(ABC-Sanchar)
काठमाडौं । देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ, मौसम खुलेको छैन । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् विनु महर्जनले बताए ।
उनका अनुसार तराईका जिल्लामा पनि यतिबेला कुहिरो लागेको छ । भोलि दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भोलि दिउँसो हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।