ABC (क्राईमबिट)
सर्लाही । मलंगवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बस्दै आएका ३५ वर्षीय जनकराज हमालसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ नम्बरको मोटरसाइकलमा सवार थिए । जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बलसहितको टोलीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।