०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

भक्तपुरको मनहरा खोलामा बाढीले घर किनारका बस्तीहरु डुबानमा उद्धार जारी

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९


ABC-Sanchar
भक्तपुर । अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् ।

दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेशीबाट ४ जनालाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बंगुर फर्मबाट ५ सय हाँस, २ सय बंगुर र २ वटा गाईलाई सुरक्षित ठाउँमा सारिएको छ । भक्तपुरको मध्यपुर थिमी नगपालिका–१ स्थित खोला किनाराको सुकुम्बासी बस्तीका ६० वटा घर डुबानमा परेको छ । दिव्यश्वरी प्लानिङ स्थित पेमा तामाङको कुखुरा फर्ममा पनि बाढीले क्षति गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!