०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

यातायात कार्यालय विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण सुरु

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


(ABC-Sanchar)
मोरङ । प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण गरिने भएको छ ।

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमति पत्र लिने गरेका थिए ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ मा सवारी चालक अनुमति पत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए ।

कार्यालयले आगामी एक हप्ताभित्र लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ ।

प्रदेशमा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट चालक अनुमति पत्र वितरण गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!